logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्री भट्टलाई लाल गद्धार भन्दै डडेल्धुरामा कालो झण्डा


अंकुरण खबर
988
Shares

उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाएर विरोध गरिएको छ ।

सत्तारुढ नेकपाको कार्यक्रमका लागि डडेल्धुरा पुगेका भट्टलाई प्रचण्ड-माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । बाटोमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले स्कटिङ गरेको थियो । भट्टको विरोधमा उत्रिएकालाई प्रहरीले हटाएको थियो ।

भट्टको विरोधमा उनीहरुले चर्को नाराबाजी गरेका थिए । भट्टलाई  ‘लाल गद्धार’को संज्ञा दिएका थिए ।