logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ४४५ संक्रमित थपिए, ५ जनाको मृत्यु


अंकुरण खबर
806
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ।

बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९७ हजार ९ पुगेको छ।