logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केपी ओली सानो गुटको मात्र नेता : माधवकुमार नेपाल


अंकुरण खबर
3.731K
Shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सानो गुट नेता मात्र भएको दाबी गरेका छन्।
शुक्रबार राजधानीमा नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको प्रतिनिधिसभा विघटन, प्रतिगामी कदम विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा अध्यक्ष नेपालले भने केपी ओलीले आफूलाई सानो गुटबाट माथि उठाउन सकेनन् । आफ्नो पक्षमा भजन गाउनेहरूलाई मात्रै समातेर अघि बढिरहेका छन् । तानाशाह र निरङ्कुशता लाद्न खोजेका छन् ।

नेपालले ओलीलाई आधिकारिक पार्टीबाट कारबाही गरिसकेको पनि दाबी गरे । प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको सर्वोच्च अदालतले बदर गर्ने नेपालको जिकिर थियो । साथै चुनाव कुनै पनि हालतमा नहुने नेपालले जिकीर गरेका छन् ।