logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा ५ वर्षीया बालिका बलात्कृत, २८ वर्षीय युवक पक्राउ


अंकुरण खबर
975
Shares

५ वर्षीया बालिकामाथि जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा रुपन्देही प्रहरीले २८ वर्षका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१२ पटना घर भइ तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने २८ वर्षीय होमबहादुर विक छन् ।

प्रहरीका अनुसार विकले ५ वर्षीया बालिकामाथि बलात्कारका साथै कुटपिट गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाका परिवारका सदस्यले दिएको उजुरीका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी विकलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल भर्ना गरिएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

पक्राउ परेका विकमाथि भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।