ड्यूटीमै रहेका बेला बेहोस भएका काठमाडौं प्रहरीका एक जवानको मृत्यु भएको छ ।
शुक्रबार बिहान ड्युटीमा खटिएका काठमाडौंको महाराजगञ्ज प्रहरी चौकीमा कार्यरत जवान शेरसिंह विष्टको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शुक्रबार बिहान ड्युटीमा खटिएका उनको स्वास्थ्यमा समस्या देखिएको पछि उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक अधिकारीले जानकारी दिए ।
उमेरले ३६ वर्ष पुगेका प्रहरी जवान विष्टको घर कञ्चनपुरको महेन्द्रनगर हो । उनी हालै मात्र करिब १ महिना बिदामा बसेर ड्युटीमा फर्किएका थिए ।