logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोनाको खोप आपतकालीन प्रयोगका लागि अनुमति


अंकुरण खबर
897
Shares

नेपालमा पनि कोरोना विरुद्धको खोपले आपतकालीन प्रयोगको अनुमति पाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभागले शुक्रबार कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो ।

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।