logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुनावको तयारी तीव्र पार्नु ७७ वटै सिडिओ कार्यालयलाई गृह मन्त्रालयको निर्देशन


अंकुरण खबर
2.301K
Shares

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई चुनावको तयारी तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा अदालतमा बहस जारी रहँदा मन्त्रालयले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको चुनावको तयारी तीव्र पार्न गृहसचिव महेश्वर न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका हुन् ।

गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चुनाव सम्बनधी ९ बुँदे निर्देशन दिँदै चुनावको तयारी तिव्र पार्न भनिएको छ ।

चुस्त सुरक्षा व्यवस्था मिलाउने, मतदानस्थलको निरीक्षण/अवलोकन गर्ने, मतदाता नामावलीमा संकलनमा खटिएको आयोगको टोलीलाई सहयोग गर्नेजस्ता निर्देशन दिइएको छ ।

अदालतमा मुद्दा रहेको र चुनाब हुने नहुने अन्यौलका बीच जिल्लाप्रशासन कार्यालयहरुले चुनाबी तयारी तिब्र नपारेको भन्दै गृहले यस्तो निर्देशन दिएको स्रोतको भनाइ छ ।