logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुखसहित पाँच जना जुवाडे पक्राउ


अंकुरण खबर
1.079K
Shares

जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजना पक्राउ परेका छन् ।

मुसीकोट नगरपालिका–१, रुकुम पश्चिमको पातुखोलाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु पातुखोलास्थित भरत घर्तीमगरको घरमा जुवातास खेलीरहेका थिए ।

पक्राउ पर्नेमा ओलीसहित पृथा उत्तरगंगा गाउँपालिका–५, रुकुम पूर्वका २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय कमल गिरीलाई पक्राउ गरिएको रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।

उनीहरुको साथबाट २५ हजार २०० रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको छ ।