पोखरा-बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
दुर्घटनामा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।
प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जीपमा नौ जना सवार रहेका थिए । घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ जादै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो ।