logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो


अंकुरण खबर
728
Shares

नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मुल्य पनि प्रतितोला तीस रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।