प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहले माघ ९ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
नेकपाको केन्द्रीय संघर्ष समितिको बैठकले राजधानीमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । राजधानीका विभिन्न स्थानबाट जुलुस निस्कने र मध्याह्न १२ बजे रत्नपार्कमा प्रदर्शन गरिने भएको छ ।
केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रेस विज्ञप्ति जारी गरि प्रदर्शनमा सहभागिताका लागि सबैलाई आह्वान गरेका छन् ।
यसका लागि सोमबारदेखि गाउँगाउँमा प्रचारात्मक कार्यक्रम गर्ने जनाएको छ । प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र वडास्तरमा बैठक गर्ने नेकपाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपाको प्रचण्ड-नेपाल समूहमा सडकमा उत्रिएको छ । देशव्यापी रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।