logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु


अंकुरण खबर
1.287K
Shares

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायत र दक्षिण अफ्रिकामा एक–एक जनाको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा तीन सय १९ पुगेको छ ।

यो साता बेलायत, जापान, दक्षिण अफ्रिका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार बेलायत र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप विरूद्ध अहिले बजारमा आएका खोपहरु पनि प्रयोग गर्न सकिने भएको छ ।

पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएनटेक लगायतका खोप नयाँ प्रकृतिको कोरोना भाइरसको बिरूद्धमा प्रभावकारी हुने देखाएको हो ।