logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


अंकुरण खबर
3.991K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा पछिल्लो समसामयिक परिस्थितीका बारेमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा देखिएको विवाद लगायतका विषयमा केन्द्रित भएर भेटमा छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्रीले सरकारले निर्वाचनको घोषणा गरिसकेपछिको करिव एक महिनाको अवस्था बारे राष्ट्रपतिलाई अवगत गराएको बताइएको छ । राष्ट्रपति भण्डारीले भने कोरोना भाइरस नियन्त्रणमा सरकारको प्रयास, खोप ल्याउन गरिएका तयारी लगायतमा पनि चासो राखेको बुझिएको छ ।