logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विमान बंगलादेश एयरलाइन्सले पायो काठमाडौं उडान अनुमति


अंकुरण खबर
767
Shares

कोभिडका कारण गत वर्ष चैतदेखि उडान बन्द रहेको बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सलाई काठमाडौंमा उडान गर्न अनुमति पाएको छ ।

विमान बंगलादेश एयरलाइन्सले जनवरी १ देखि नै उडान अनुमति पाएपनि केही दिन ढिला गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको हो । मन्त्रालयले सहमतिका आधारमा प्राधिकरणले पनि उडान अनुमित दिइसकेको छ ।

अबको केही दिनपछि विमान बंगलादेश एयरलाइन्सले ढाका–काठमाडौं–ढाका उडान गर्नेछ ।