logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु


अंकुरण खबर
806
Shares

सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ।

राजविराज नगरपालिका-१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

एचआइभीको कारण किशोरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए।

नौ वर्षअघि एचआइभी एड्स संक्रमणबाटै उनका बाबुआमाको पनि मृत्यु भएको आफन्तले बताएका छन्। संक्रमित बुवाआमाबाट जन्मिएकी छोरीको समेत सोही कारणले मृत्यु भएको डा।झाले बताए।

किशोरीकी आमाको मृत्यु विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट भएको थियो। त्यसको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको बताइएको छ।

मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित छन्। उनले नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ।