मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश–२ मा आज सार्वजनिक विदा दिएको छ ।
आजको दिनलाई बलिदानी दिवस भन्दै प्रदेश-२ सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
२०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको थियो । त्यसै घटनापछि मधेश आन्दोलन चर्किएको थियो ।
सोही दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन्। २०६३, २०६४, २०७२ सालमा भएका मधेस आन्दोलनमा १०३ जनाले ज्यान गुमाएका थिए ।