logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु


अंकुरण खबर
858
Shares

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारको सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको हो ।

अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् । आइतबार चार जना अधिवक्ताहरुले रिटमाथि बहस गरेका थिए । संसद विघटनको मुद्दामा आइतबार न्यायाधीश र वकिलबीच सवाल जवाफ भएको थियो ।

सर्वोच्चले अब दैनिक रुपमा रिटमाथि बहस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा एक दर्जन बढी रिटहरु दायर भएका छन् ।