logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीलाई सहज हुने काम अदालतले गर्न मिल्दैन : अधिवक्ता पोखरेल


अंकुरण खबर
1.248K
Shares

अधिवक्ता दिनमणि पोखरेलले पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न नमिल्ने बताएका छन्।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको पक्षमा सोमबार बहस गर्दै पोखरेलले भने, ‘प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको विवादलाई लिएर संसदमाथि प्रहार गर्न मिल्दैन। आफूले चलाउन नसक्ने अनि अरुलाई आउने बाटो पनि बन्द गर्दिने ? प्रधानमन्त्रीलाई सहज हुने काम अदालतले गर्न मिल्दैन। यो अंसवैधानिक कदम खारेज गर्नुपर्छ। दुई तिहाइ चाहियो भन्ने अनि भोलि दुई तिहाइ आइहाल्यो भने फेरि पार्टीमा विवाद भएपछि संसद् विघटन गर्दिन मिल्छ ?’

संसदलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्न मिल्छ कि मिल्दैन भनेर उनले इजलाससामु प्रश्न गरे। ‘यसलाई राजनीतिक मुद्दामात्रै भन्न मिल्दैन। अहिले प्रधानमन्त्रीको जवाफ र बाहिर बोलेको कुरा गर्दा जनता भनेकै सार्वभौम हो भनिरहेका छन्। चुनाव मात्र भनेर पनि हुँदैन। जनादेशलाई भत्काउने काम गर्नु राम्रो मानिँदैन,’ पोखरेलले भने।

अदालतले यसअघिका संसद् विघटनका मुद्दामा गरेको फैसला पनि हेर्नुपर्ने उनको भनाइ थियो।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले ससद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि त्यसविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।