logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहका थप ३ सांसदले दिने भए मुख्यमन्त्री शेरधन राईलाई साथ


अंकुरण खबर
1.729K
Shares

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबाट ३ जना प्रदेशसभा सदस्य (सांसद)ले हस्ताक्षर फिर्ता लिएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३७ जना प्रदेश सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

तर, प्रदेश सभाको हिउँदे अधिवेशन नजिकिँदै गर्दा थप ३ जनाले अभिवश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेका हुन् । प्रदेशसभा सदस्यहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताबाट हस्ताक्षर फिर्ता लिने तयारीमा लागेका हुन् ।

यसअघि उदयपुरकी सांसद कला घले र मोरङकी सांसद बसन्तीदेवी यादवले राईविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

सत्तारुढ नेकपा विभाजित भएपछि अल्पमतमा परेका मुख्यमन्त्री राई अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुले हस्ताक्षर लिने क्रम बढेपछि बलियो बन्दै गएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल पक्षले राईलाई प्रदेशसभा संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई चयन गरिसकेको छ ।