काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।
अपार्टमेन्टको माथिल्लो तलामा आज दिउँसो आगलागी भएको हो । आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी खटिएका छन् ।
अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।