logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनविरुद्धको रिटमा निवेदकको तर्फबाट १८८ वकिल बहस गर्न इच्छुक


अंकुरण खबर
897
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा बहस गर्न रिट निवेदकका तर्फबाट १८८ जना वकिलहरुले वकालतनामा दर्ता गराएका छन्।

सर्वोच्च अदालत, संवैधानिक इजलासमा विचाराधिन मुद्दामा रिट निवेदकको तर्फबाट बहस गर्न १८८ जना वकिलले नाम दर्ता गराएको सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

सरकारका तर्फबाट महान्यायाधिवक्ता सहित केही वकिल र प्रधानमन्त्रीका तर्फबाट पनि निजि वकिलले बहस गर्नेछन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले ससद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि त्यसविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।

रिटमा आइतबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाई जारी छ।