logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहले ओलीलाई अन्तिम स्पष्टिकरण पठाउँदै


अंकुरण खबर
715
Shares

प्रचण्ड माधव समूहको नेकपाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्न अन्तिम स्पष्टीकरण माग्ने भएको छ ।

नेकपाको प्रचण्ड माधव समूहका अध्यक्ष माधव नेपालले आज अन्तिम स्पष्टिकरण पठाइने र त्यसपछि सदस्य पनि नरहने गरी निष्कासन हुने बताए ।

सोमबार महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने ‘आजै अन्तिम स्पष्टीकरणपत्र पठाउँदैछौं । तपाईं सुध्रिनुभएन, पार्टीको विधान पालना गर्नुभएन, अनुशासन उल्लंघन गर्नुभयो । अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो । जे पायो त्यही बोलिरहनुभएको छ । अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ।’

नेता नेपाल तानाशाही शैलीमा अघि बढेको र उनलाई पार्टी र संविधानले समेत तह लगाउन नसकेको अध्यक्ष नेपालको भनाइ थियो ।

ओली सुध्रने संकेत नरहेको भन्दै नेता नेपालले प्रधानमन्त्रीलाई मैमत्तकारी प्रवृत्तिको वाहकको आरोप लगाए ।