logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १६३ जना कोरोना संक्रमित


अंकुरण खबर
1.3K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १४१ जना, भक्तपुरमा ७ जना र ललितपुरमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।