logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जना घाइते


अंकुरण खबर
1.378K
Shares

मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ ।

दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन् । आज बिहान बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका ९ को भेडुवाथानमा दुर्घटना भएको हो ।

डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस एक्कासी अगाडि आएको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा विराटनगरको मेरिल्यान्ड कलेजका विद्यार्थी रहेका थिए ।

दुर्घटनामा रतुवामाई नगरपालिका-३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाएको छ ।