नेपालगञ्जमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१०, भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो ।
उनलाई पुस २६ गते कोरोना पुष्टि भएको थियो । कोरोना भएपछि घरमै बसेका बृद्धलाई अक्सिजनको लेबल कम देखिएपछि २७ गते भेरी अस्पतालमा ल्याइएको थियो ।
भेरीमा उपचारको क्रममा स्वास्थ्यमा सुधार आएपछि २९ गते पुनः होम आइसोलेसनमा लगिएको थियो ।
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।