नेपाली बजारमा आज सुनचाँदीको भाउ उकालो लागेको छ । हिजो सोमबारको तुलनामा आज सुन तोलामा चार सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको भाउ तोलामा ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।