logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु


अंकुरण खबर
572
Shares

काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ ।

मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिका-१४ खड्का गाउँस्थित घरमा  ८४ वर्षीय शिवराम खड्का  जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार ‘कोठाको झ्याल ढोका लगाएको हिटर बालेर सुत्नुभएको देखिन्छ । प्रारम्भिक रूपमा हेर्दा हिटर सर्ट भएर आगलागी भयो । प्रहरी पुग्दा आगो निभिसकेको थियो,’ डिएसपी विष्टले भने, ’उनको अगाडिको भाग जलेको छ। चार बजे उठ्ने मान्छे ६ बजे सम्म पनि किन नउठेको भनेर अन्य परिवारका सदस्य हेर्न गएका रहेछन्र ।’

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।