logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिनभर मौसममा बदली, राति पानी पर्ने सम्भावना


अंकुरण खबर
793
Shares

देशका अधिकांश क्षेत्रमा मंगलबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

मंगलबार राति पनि प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका मंगलबार राति एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। अहिले बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ। हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

यस्तै तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन्।