logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलो पटक चीनको मकाउ उड्दै वायुसेवा निगमको जहाज


अंकुरण खबर
1.014K
Shares

नेपाल वायुसेवा निगमद्वारा सञ्चालित नेपाल एयरलाइन्सको जहाज पहिलो पटक मकाउ उडान भर्दैछ ।

निगमको न्यारोबडी ३२० जहाज आज मंगलबार उडान गर्न लागेको हो । नयाँ गन्तव्यको खोजी गर्दै आएको निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको निगमले जनाएको छ ।

‘निगमले पहिलो पटक न्यारोबडी जहाज मकाउ उडान गर्ने लागेको हो,’ निगमका प्रवक्ता करिश्मा श्रेष्ठले भनिन्, ‘नयाँ गन्तव्यमा उडान गर्न पाउनु नेपाल वायु सेवा निगमको लागि थप उपलब्धि हो।’

निगमले न्यारोबडीको मकाउ उडान चार्टर्ड भए पनि थप गन्तव्य विस्तार गर्न सहयोग पुग्ने बताएको छ ।

‘चार्टर्ड उडान धेरै ठाउँमा हुन्छन् । तर नयाँ गन्तब्यमा चार्टड उडान हुनु भनेको अन्तराष्ट्रिय समुदायमा नेपाल वायुसेवा निगमको विश्वास बढ्दै जानु हो,’ प्रवक्ता श्रेष्ठले भनिन् ।

उनका अनुसार त्रिभुवन विमानस्थलबाट मंगरबार राति ११ बजेर ३५ मिनेटमा उडान भर्दै छ। बुधबार विहान १० बजेर ५० मा काठमाडौं फर्किने उडान तालिका रहेको छ ।