logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरको चाँगाथलीमा घरभित्रै मृत अवस्थामा भेटिए एक दम्पती


अंकुरण खबर
806
Shares

उपत्यकामा फेरि  घरभित्रै मृत भेटिएका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख (एसएसपी) किरण बज्राचार्यले दम्पती मृत भेटिएको र अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए।

उनले कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने भन्दै अनुसन्धान सोही दिशामा केन्द्रित छ । ‘पोस्टमार्टमको रिपोट आएपछि मात्रै के हो भन्न सकिने जनाइएको छ ।

गतवर्ष फागुनमा विवाह गरेका सागर र निर्मलाको शव बन्द कोठाभित्र भेटिएको हो । पोखरेल भेटेनरी सामानका सप्लायरको काम गर्दै आएको प्रहरीले जनाएको छ।

उनीहरुसँग बाबआमा पनि बस्दै आएको थिए। शुक्रबार उनीहरुका बाबाआमा आफ्न्तकोमा गएको मौका पारेर आइतबार राति विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।