logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

भारतले नेपाललाई २ लाख डोज कोरोनाको खोप निःशुल्क दिने


अंकुरण खबर
1.066K
Shares

भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क वितरण गर्ने भएको छ ।

भारत सरकारले सीरम इन्डिया इन्स्टिच्युटको कोभिशिल्ड नेपाललाई उपहारका रूपमा निःशुल्क २ लाख डोज दिने भएको छ ।

गत हप्ता नेपाल सरकारले ‘कोभिसिल्ट’ खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेपछि भारतले यस्तो निर्णय गरेको हो । नेपाललाई भारतको सीरम संस्थान (एसआईआई) द्वारा निर्मित खोप दिने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतीय पक्षले ‘खोपहरू खारेज भएपछि नेपालको आवश्यकतालाई प्राथमिकतामा राखिने बताएको छ । भारतले छिमेकी देशहरुका लागि सीरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिनका १० मिलियन डोज छिमेकीलाई प्रदान गर्ने निर्णय भएको भारतीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । उनकाअनुसार अर्को हप्ताबाट खोप वितरण गर्ने योजना भारतको छ ।

गत माघ १ गते परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा नेपाललाई कोरोनाको खोप दिने भारतीय पक्षले बताएको थियो । मन्त्री ज्ञवालीले भारतले कोरोनाको खोप दिने विषयमा छलफल भएको बताएका थिए ।