logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुकुम पश्चिमा नेकपा र कांग्रेसका युवाबीच झडप, प्रहरीद्वारा ९ राउण्ड हवाइ फायर


अंकुरण खबर
949
Shares

रुकुम पश्चिमा दुई समूहका युवाहरुबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले हवाई फायर गरेको छ ।

आठबीसकोट नगरपालिकास्थित राडी बजारमा स्थानीय युवाहरुबीच भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले हवाइ फायर गरेको हो ।

नेपाली कांग्रेस र नेकपा निकट युवाबीच सामान्य विषयमा सुरु भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाइएको छ ।

सुरुमा दुई जना युवाबीच विवाद भएको थियो । जसमध्ये  एक जना नेकपा र अर्को काँग्रेस निकट थिए । सामान्य विवादले उग्र रुप लिएको आठबीसकोट नगरपालिकाका मेयर गोर्ख बहादुर केसीले बताए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुब कुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रण गर्न ९ राउण्ड हवाइ फायर गरिएको हो ।

‘आपसी झगडा प्रहरीसम्म आइपुगेपछि प्रहरीले मिलाउन खोज्दा केही व्यक्तिले चौकीमै ढुंगामुढा गरेछन्,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको हो ।’

डिएसपी श्रेष्ठका अनुसार अहिले अवस्था नियन्त्रणमा आइसकेको छ । केही मानिसले प्रहरी चौकीमा ढुंगा हान्दा तीन जना प्रहरीको टाउकोमा चोट लागेको उनले जानकारी दिए ।