logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु


अंकुरण खबर
949
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ३४८ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४४१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ ।

मंगलबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ। हाल १९० जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गर्दा ३४८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २१ हजार ७१४ पुगेको छ ।