logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि हातपात


अंकुरण खबर
1.43K
Shares

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि आक्रमण भएको छ ।

कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर सविन भण्डारीमाथि हातपात गरेका हुन् । शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासका अनुसार मिस कम्युनिकेसनका हातपात भएको हो ।

निमोनियाको बिरामी रहेका उनमा बुटवलमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । उनलाई उपचारको क्रममा भाइरल इन्फेक्सनको शंका लागेपछि इन्फ्लुएञ्जाको परीक्षणको लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

टेकुमा गरिएको इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएको डा. दासले बताए ।

पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको थियो । आईसीयूमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएपछि बिरामीको आफन्तले डाक्टरमाथि हातपात गरेका हुन् ।

मृतकका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरेको डा. दासले बताए ।