पूर्व र मध्य क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
हाल प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका पहाडी भू-भागका केही स्थान र तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागि रहेको छ ।
बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ का पहाडी भू-भागका एक/दूई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक/दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक/दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि छ ।
यसैबिच देशको उच्च हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भू-भागमा आकासमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।