बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
आज छापावाला सुन तोलामा ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको थियो ।
यस्तै बुधबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंयामा कारोबार भएको छ ।
यसैगरी आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भएको छ ।