logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बहस गर्ने अधिवक्ताले अब ३० मिनेट मात्रै बोल्न पाउने


अंकुरण खबर
1.079K
Shares

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको बहसमा सहभागी हुने कानून व्यवसायीका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासले समय निर्धारण गरेको छ ।

मूल विषयमा प्रवेश गरेर सुनुवाई शुरु भएको चौथो दिन (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले कानून व्यवसायीका लागि समय निर्धारण गरेको हो ।

बुधबारको सुनुवाई शुरु हुन लाग्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाईमा सहभागी हुने कानून व्यवसायीका लागि समय निर्धारण गरिएको जानकारी दिए ।

बहस शुरु गर्न आएका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बोल्नु अघि जबराले कानून व्यवसायीको लागि समय निर्धारण गरिएको बताएका हुन् । ‘आजदेखि समय निर्धारण गरेका छौं । तपाईंको कुरा ३० मिनेट भित्र सक्नुहोला,’ प्रधानन्यायाधीश जबराले भने ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदैछ। हिजो वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै बहस सकिएकाले आजको बहसको सुरुवात उनले नै गर्नेछन्।

हिजो भएको बहसमा अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका थिए । रिट निवेदकहरुका तर्फबाट हिजो पाँच जना अधिवक्ताले बहस गर्दै विघटनको सिफारिस बदर गरी संसद पुनःस्थापना हुनुपर्ने माग दोहो¥याएका थिए ।

हिजो अधिवक्ताहरु डा. शिवकुमार यादव, शेरबहादुर ढुङ्गाना, हर्कबहादुर रावल, डा. रुद्र शर्मा र डा. चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए ।