logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुससहित मालपोत कार्यालय ललितपुरका नासु पक्राउ


अंकुरण खबर
2.054K
Shares

मालपोत कार्यालय लगनखेल (ललितपुर)का नायव सुब्बासहित २ जना व्यक्ति ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल (ललितपुर) का नायव सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मंगलबार लगनखेल बसपार्कबाट घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार उनीहरुले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनका लागि घुस मागेका थिए ।

घुससहित पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारका सहायका प्रवक्ता अधिकारीले जानकारी दिए ।