logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतले उपलब्ध गराएको कोरोनाको १० लाख डोज खोप भोलि ल्याइँदै


अंकुरण खबर
1.482K
Shares

भारतले नेपाललाई कोरोनाविरुद्धको दस लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।

भारतले खोप सहयोग उपलब्ध गराएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले दिएका हुन् ।

उक्त परिमाणको खोप बिहीबार नै काठमाडौंमा ल्याइने मन्त्री त्रिपाठीले जानकारी दिए । उनले सहयोगका लागि भारत सरकारलाई धन्यावाद दिएका छन् ।

खोप लगाउने सबै तयारी भइसकेको उनले बताए । पहिलो चरणमा आउने खोप कोरोना विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्स, नर्स तथा अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक लगायतलाई दिइने छ ।

भारतले कोरोना हामारीसँग जुझ्न नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई आजबाट अनुदान स्वरूप कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउँने भएको हो ।