logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३१८ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु


अंकुरण खबर
897
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ ।