पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको हो।
योसहित नेपालका कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १९ सय ७५ पुगेको छ ।
यस्तै, आज नेपालमा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।