आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द हुने भएको छ ।
सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने भन्दै चिनीयाँ पक्षले नाका बन्द गर्ने जानकारी गराएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
पहिलेकै बाढीले क्षति पुर्याएको पुलको एक भागमा यस वर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो ।
पुल मर्मतका लागि नाका बन्द हुने भएपछि बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको खत्रीले बताए । उनका अनुसार तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन छैनन् ।