logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो


अंकुरण खबर
806
Shares

नेपाली बजारमा आज (बिहीबार)  पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज तेजावी सुन पनि छ सय रुपैयाँले नै बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको महासंघको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंश २० डलरले बढेर १८ सय ७२ डलरमा बिक्री भएको छ ।