नेपालमा पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३० जनामा गरिएको परीक्षणमा बिहीबार थप ३३६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २२६ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ ।
मन्त्रालयको अनुसार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ ।