संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहले भोलि काठमाडौंमा फेरि बृहत शक्ति प्रदर्शन गर्ने भएको छ ।
नेकपा केन्द्रीय संघर्ष समितिले बिहीबार विज्ञप्ति निकालेर भोलि हुने आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
भोलि हुने प्रदर्शन उपत्यकाका विभिन्न ठाउँहरुबाट पार्टी स्थायि समितिका सदस्यहरुले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बालमिकी क्याम्पस लगायतका स्थानबाट नेतृत्व गर्ने भएका छन् ।
यस्तै विभिन्न स्थानबाट सुरु भएको जुलुस रत्नपार्कमा जम्मा भइ मुख्य जुलुसमा परिणत हुने र उक्त जुलुस फेरि रत्नपार्क, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपको विरोध सभामा सामेल हुनेछ ।
भृकुटीमण्डपमा हुने विशाल विरोधसभामा नेकपाका अध्यक्ष तथा केन्द्रीय सदस्यहरुले सम्बोधन गर्नेछन् ।
