logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमाली क्षेत्रका केही ठाउँमा आज हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु र कुहिरो


अंकुरण खबर
1.69K
Shares

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु भागको मौसम शुक्रबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको हो । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना छ ।

यस्तै, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश १, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैबिच देशको उच्च हिमाली भू-भागका एक/दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।