नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आज १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ ।