logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेरम कम्पनीमा भएको आगलागीमा पाँच जनाको मृत्यु, करोडौंको क्षति


अंकुरण खबर
3.12K
Shares

भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको छ ।

कम्पनीको निर्माणाधीन मञ्जरी भवनमा बिहीबार दिउँसो आगलागी हुँदा करोडौंको क्षति भएको जनाइएको छ ।

भवनमा आगलागी हुँदा कोभिड-१९ विरुद्धको कोभिसिल्ड खोप उत्पादनका लागि राखिएका उपकरणहरु जलेर नष्ट भएका छन् । आगलागीको कारण खुलिसकेको छैन ।

भारतीय संचारमाध्यमका अनुसार आगलागीमा परी मृत्यु हुनेका परिवारलाई कम्पनीले पाँच लाख भारतीय रुपैयाँ प्रतिव्यक्ति दिने भएको छ ।