logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीको गैडहवामा एक महिलाको हत्या


अंकुरण खबर
1.014K
Shares

रुपन्देहीको गैडहवामा एक महिलाको हत्या भएको छ ।

गैडहवा गाँउपालिका एक ननउली निवासी ५५ वर्षीया कलावती धोबीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

ननउली गाँउ नजिकै तोरी बारीमा घोप्टो परेको अवस्थामा धोबीको शव भेटिएको छ । शरिरमा धारिलो हतियार प्रहार गरिएको चोट रहेकाले हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतक महिला घरबाट साझ पाँच बजे निस्केको र राति अबेरसम्म नफर्किएपछि आफन्तले खोज तलास गर्दा तोरीबारीमा शव फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।