logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डको आत्मालोचना, ३ वर्षमा पनि केपीलाई तह लाउन सकेनौं


अंकुरण खबर
1.144K
Shares

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनेपछि नयाँ युगको परिकल्पना गरेको भएपनि केपी ओलीका कारण सम्भव नभएको बताएका छन्।

नेकपा प्रचण्ड-माधव नेपाल समूहद्वारा काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन् ।

संविधान बनेपछि देशमा स्थायित्व हुने, आर्थिक विकास होस्, सामाजिक न्याय होस् भन्ने चाहेपनि त्यो सपना पूरा गर्न नसकिएको उनले बताए । त्यसका लागि आफूसमेत आत्मालोचित भएको उनको भनाइ छ ।

केपी ओली प्रवृतिलाई रोक्न नसक्दा आफूहरुबाट पनि केही कमजोरी भएको स्वीकार गर्दै उनले अबदेखि ओली प्रवृतिलाई सहेर नबस्ने प्रतिवद्धता जनाए । उनले पछिल्लो तीन वर्षमा केपी ओलीलाई तह लाउन नसकिएको बताए ।

प्रचण्डले भने, ‘संविधान बनेपछि नयाँ युगको परिकल्पना गरेका थियौँ । सपनालाई तीन वर्षमा पूरा गर्न सकेनौँ । केपी ओलीले सहमति गर्ने कार्यान्वयन नगर्ने गर्दा यस्तो भयो । केपीलाई तह लाउन सकेनौँ । हाम्रो पनि केही कमजोरी भयो । केपी ओली प्रवृतिलाई ठीक गर्न सकिएन । आत्मालोचना गर्न चाहन्छु ।’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद पाउनको लागि ओलीले जे पनि सहमति गर्ने तर कार्वान्वयन भने केही पनि नगरेको पनि बताए ।